म जन्मेको दिन
Author: Ms. Preeti Shrestha
Age: 19 years
Consent taken (preetishrestha865@gmail.com)
Youth Advisory Group member, IDEA project
Note: Youth Advisory Group is comprised of young people aged 10 to 24 years which includes but not limited to young people who are depressed, recovered/ non-depressed and have family/relatives/friends with depression. The group has been helping us to inform on the existing issues faced by young people with possible solutions, direction where the project is taking, interpretation of the results, sensitive and effective approaches to disseminate results to young people, their families and the wider public, and the potential future implementation of our findings in educational, public and health contexts.
म जन्मेको दिन…
परिवारकै पहिलो सन्तान, घरमा लक्ष्मी भित्रिएको रे
ओहो ! भगवानको बास भयो
अब सुख, शान्ति होला
लक्ष्मी नै भित्रिएपछि त पक्कै दुःखका दिन गए अब
कुटुनी बज्यै भन्ने गर्थिन्
‘तिमी त लक्ष्मी हौँ’
‘तिमीले त सृष्टि चलाउने छौ’
तर, तर आमा तिमी किन खुसी छैनौ?
मेरो आगमनमा, लक्ष्मीको आगमनमा
तिमीले त मलाई ९/९ महिना सम्म प्रतिक्षा गरेकी थियौ नि
म सुनिरहेको हुन्थे,
तिम्रो न्यायो कोखमा लुटपुटाउने
मायाका सपनाहरु बुनिरहेको हुन्थे
आज, आज यतिका समयपछि,
कयौँ कष्ट गरि तिमीले मलाई जन्म त दियौ
तर, तर आमा भन न किन तिमी खुसी छैनौ ?
मेरो आगमनमा, लक्ष्मीको आगमनमा
मेरा यी साना आँखाहरु,
मेरा यी साना आँखाहरु, पहिलो पटक यो संसारलाई देख्न कति आतुर थियो
त्यो भन्दा बढी तिमीलाई देख्न, ओहो! कत्ति बेचैन थिएँ म
जब तिम्रा कोमल हातहरु पेटमा राखी
मलाई मायाले सुम्सुम्याउँथ्यौ नि
त्यतिखेर म पनि मेरा हातहरु तिम्रो गालामा राख्न चाहन्थ्ये
तिमीलाई पनि सुम्सुम्याउन चाहन्थे
पहिलो पटक आँखा खोल्दा तिम्रै मुहार देख्न चाहँन्थे
मैले कल्पना गरेजस्तै, कति प्यारी हौली तिमी
तर, तर म त तिम्रो कोखसम्म जान नै पाएकी छैन
किन आमा तिमीले मलाई नखोजेकी?
‘कहाँ छिन् मेरी गुडिया’ भनेर नसोधेकी?
किन तिमी मौन छौ आमा?
मेरो आगमनमा, लक्ष्मीको आगमनमा
‘अलच्छिनी’ कसैको आवाज मेरो कानमा ठोकियो,
अनि तिमी बरबरी आँशुका धारा खसाल्न थाल्यौ,
मन चिसो भयो, मेरो आमा किन रोएको?
भन न आमा मलाई पनि…
म जन्मेकै दिन तिमी कसरी ‘अलिच्छिनी’ भयौ?
कतै, कतै मैलै यो सुन्दर संसारमा आएर गल्ती त गरिन ?
भन न आमा तिमी किन ती निश्चल मुहारलाई
कालो बादलले ढाकेर बसेकी छौ ?
भन न, आज तिमी किन यति निराश छौ ?
मेरो आगमनमा, लक्ष्मीको आगमनमा