आवश्यकता

बहुसाँस्कृतिक मनोसामाजिक संस्था नेपाल (टि. पि. ओ. नेपाल) जिल्ला प्रशासन कार्यालय काठमाण्डौंमा दर्ता भई समाज कल्याण परिषद्मा आवद्घ भएको मनोसामाजिक सु–स्वास्थ्य र मानसिक स्वास्थ्यको क्षेत्रमा कार्यरत एक गैरसरकारी संस्था हो । यस संस्थाले स्थापनाकाल देखिनै नेपालका विभिन्न जिल्लाहरूमा समुदायमा आधारित भई सामान्य तथा आकस्मिक अवस्थाहरूमा मनोसामाजिक सहयोग पु¥याउनुका साथै मनोसामाजिक तथा मानसिक स्वास्थ्यका विषयमा तालिम तथा अनुसन्धानका कार्यहरू पनि सञ्चालन गर्दै आईरहेको छ ।

हाल यस संस्थाले UNICEF को सहयोमा राष्ट्रिय तथ्याङ्कक कार्यालयद्वारा सञ्चालन गर्दै आइरहेको नेपाल बहुसूचक सर्वेक्षण का क्रममा मानसिक स्वास्थ्य तथा आत्महानीका व्यवहारको जोखिममा रहेका १५ देखि २४ बर्ष उमेर समूहका व्यक्तिहरूलाई मनोसामाजिक सहयोग प्रदान गर्नका लागि त्एइ TPO Nepal लाई केहि संख्यामा मनोविमर्शकर्ताहरूको आवश्यकता परेको हुँदा तल उल्लेखित योग्यता पुगेका व्यक्तिहरूले तोकिएको मिति भित्र आवेदन पेश गर्नहुन अनुरोध छ ।

पद :– मनोविमर्शकर्ता
आवश्यक संख्या :– ४ जना (१ जना काठमाण्डौ, ३ जना काठमाण्डौँ बाहिर)
समयावधि :– ५ महिना (समयावधि थप हुने सम्भावना)

निभाउनु पर्ने भूमिका र जिम्मेवारीहरू :

  • राष्ट्रिय तथ्याङ्कक कार्यालयद्वारा UNICEF को सहयोगमा सञ्चालन गर्दै आइरहेको नेपाल बहुसूचक सर्वेक्षण क्रममा पहिचान गरिएका मानसिक स्वास्थ्यको दृष्टिकोणले जोखिममा रहेका व्यक्तिहरूलाई तत्कालै मनोपरामर्श सेवा प्रदान गर्ने ।
  •  ह्ेल्पलाईन नम्वरमा मनोपरामर्श सशयोगका लागि फोन गरेका व्यक्तिहरूलाई तत्कालै मनोपरामर्श सेवा दिने ।
  • UNICEF का referral focal person सँग मानसिक स्वास्थ्य समस्याको जोखिमा भएका व्यक्तिरूको सम्पर्क विवरण सङ्कलनका लागि निरन्तर समन्वय गर्ने ।
  •  नेपाल बहुसूचक सर्वेक्षण क्रममा पहिचान गरिएका मानसिक स्वास्थ्यको दृष्टिकोणले जोखिममा रहेका व्यक्तिहरूलाई थप सहयोगका लागि विशेषज्ञकोमा सिफारिस गर्न ।
  •  सुपरीवेक्षकलाई नियमित रुपमा रिपोर्ट बुझाउने ।
  •  आवश्यकताका आधारमा प्रदेश तथा देशका अन्य भागमा मनोसामाजिक सेवा प्रवाहका लागि भ्रमण गर्ने ।
  •  सहयोग गतिविधि बारे सुपरभाइजरलाई नियमित रुपमा रिपोर्ट बुझाउने तथा जानकारी गराउने ।

सीप, योग्यता तथा अनुभव :

  • कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण गरी NHTC बाट मान्यता प्राप्त ६ महिने मनोविमर्श तालिम प्राप्त गरी मनोसामाजिक सहयोगको व्यवहारिक अनुभव भएको ।
  • नेपाली नागरिकता भएको हुनु पर्ने ।
  • समुदायमा किशोरकिशोरीहरूसँग काम गरी अनुभव प्राप्त भएको व्यक्तिलाई प्राथमिकता दिईने छ ।
  • कम्प्युटर सम्बन्धी राम्रो ज्ञान भएको । (word, excel, power point, email, internet) राम्रोसँग चलाउन जान्ने ।

आवेदन प्रकृया

इच्छुक व्यक्तिले आवेदन पत्रका साथमा बायोडाटा, अनुभव हाँसिल गरेका प्रमाण पत्रका प्रतिलिपिहरू, शैक्षिक प्रमाण पत्र र नागरिकताको एक एक प्रति संस्थाको इमेल : [email protected] मा पेश गर्न सक्नुहुनेछ । तोकिएको मिति भन्दा पछि बुझाइएको आवेदनलाई मान्यता दिइने छैन ।
आवेदन फारम बुझाउने अन्तिम मितिः मंसिर ३०, २०८१
नोटः आवश्यक योग्यता पुगि छनौटमा परेका आवेदकहरूलाई मात्र अन्तरवार्ताका लागि बोलाईने छ । कृपया निवेदनमा आफ्नो भरपर्दाे सम्पर्क नम्वर तथा ठेगाना समावेश गर्नुहोस् ।
टि. पि. ओ. नेपाल आफ्नो जनशक्ति भित्र विविधता र समावेशीकरणका लागि प्रतिबद्ध छ साथै अल्पसंख्यक, आदिवासी र अपाङ्गता भएका व्यक्तिहरूलाई आवेदन दिन प्रोत्साहित गर्दछ । सबै आवेदनहरूको गोपनियता कायम गरिनेछ । टि. पि. ओ. नेपालले यौन शोषण र दुव्र्यवहार, यौन उत्पीडन र भेदभाव लगायत कुनै पनि प्रकारको उत्पीडन सहन गर्दैन ।