कथा
Author: Prakriti Acharya
Age: 21 years
Youth Advisory Group member, IDEA project
Note: Youth Advisory Group is comprised of young people aged 10 to 24 years which includes but not limited to young people who are depressed, recovered/ non-depressed and have family/relatives/friends with depression. The group has been helping us to inform on the existing issues faced by young people with possible solutions, direction where the project is taking, interpretation of the results, sensitive and effective approaches to disseminate results to young people, their families and the wider public, and the potential future implementation of our findings in educational, public and health contexts.
साइको पागल बहुला, खुस्केट
कति सजिलै प्रयोग गर्छौँ है हामी यी शब्द ! !
फरक काम गरे पागल भइदिन्छ, यहाँ
गलत काम गरे साइको रे ! ! !
अरुभन्दा अलिकति भिन्नै के भयो उसको नाम नै बहुला रे !
आजको दिन बिग्रे “डिप्रेशन” भयो रे
यस्तो हावा, रोग कहाँ हो ? जसलाई नि हुन्छ अरे ! !
के ताल हो तेरो ? बहुला जस्तो लुगा लाउने !
यता उता के भइरहेको छ कस्तो तैँले चाल नपाउने ! !
बुद्वि छैन ? पागल जस्तो कुरा नगर् न !
कहिले हाँस्ने कहिले रुने तेरो सन्तुलन ठीक ठाउँमा छैन ! !
तेरो जन्म पाटन हस्पिटलमा भाको हैन !
ए, त्यही भएर पो त यस्तो ! !
फेरि लगेर तँलाई त्यहीँ भर्ना गरिदिनु पर्ने जस्तो !
किन यहाँ एउटा मुटुको बिरामीलाई उपचार गराउन दश जना दौडिने !
अनि फेरि मानसिक रोगीलाई चाहिँ थाहा दिन हुन्न ! !
चुप, भन्दै कोठामै थुनी दिने !
बाटोमा कोही त्यस्तै देखे डराएर भाग्ने ! !
कसैलाई मद्दत मागे, सिधै बहाना पारिदिने !
त्यो पागललाई नछोऊ है तँ उसै त त्यस्तै छस् ! !
खिल्ली उडाउँदै साथीहरु हाँस्दै भन्छन् !
तँलाई नि फेरि एकदिन यसरी बाटोमा भेटाउन चाहिँ नपरोस् !
कसले बुझाइदियोस् ! उसका कति छन् नदेख्ने दाग र गहिरो चोट ! !
कहिल्यै बसेर सोच्न भ्याएका छौ !
बिचरा यो जाडोमा उ कस्तो थर्थर् काँप्छ !
पुराना घाउहरु सम्झी उसकाे मुटु रुन्छ !
बिर्सिन पाए आफ्नो चोट भनी ऊ यता उता डुल्छ !
भन न ओइलिएको फुल कसरी फुल्छ ! !
उसले पनि कराएको थियो होला सहयोग माग्दै !
कसैले त बुझिदेला कि भन्ने आशामा भाग्दै ! !
किन हेप्छौ हामी उसलाई त्यसरी !
मानौँ छुनै नहुने कुनै अर्को संसारको प्राणी जसरी !
उसको पनि छ होला, हैन ? आफ्नै कथा !
सायद पाएन कि कोही सुनाउनलाई व्यथा !
उसकाे पनि त थियो होला आमा बुबा र खुशी परिवार ! !
के थाहा कसैले देख्नै सकेन कि उसले खाएको हार !
दुख्दो होला नि उसको पनि चित्त !
बिचरा उसको जिन्दगी आज छ भोली छैन ! !
मुस्कुराउन सक्दैन भनी मजाक त नउडाऊ !
गाली नगरौँ ! ! डराएर नभागौँ ! !
आफ्नो अगाडि आएको पीडालाई खप्न सकेन होला !
तैरन सकेन होला उसलाई डुबाउने जिन्दगीको त्यो खोला !
त्यसैले सकिन्छ भने जहिले मन लाग्यो तहिले जसलाई पायो त्यसलाई
साईको, पागल, बहुला, खुस्केट भन्ने शब्द प्रयोग नगरौँ !
के तपाइको कोही भोलि त्यो अवस्थामा पर्न सक्दैन र ?
किन पाओस् उसले दुर्व्यवहार ? के ऊ चाहिँ मानिस हैन र ?