बहुसाँस्कृतिक मनोसामाजिक संस्था नेपाल (टि. पि. ओ. नेपाल) जिल्ला प्रशासन कार्यालय काठमाण्डौंमा दर्ता भई समाज कल्याण परिषद्मा आवद्घ भएको मनोसामाजिक सु–स्वास्थ्य र मानसिक स्वास्थ्यको क्षेत्रमा कार्यरत एक गैरसरकारी संस्था हो । यस संस्थाले स्थापनाकाल देखि नै नेपालका विभिन्न जिल्लाहरूमा समुदायमा आधारित भई सामान्य तथा आकस्मिक अवस्थाहरुमा मनोसामाजिक सहयोग पु¥याउनुका साथै मनोसामाजिक तथा मानसिक स्वास्थका विषयमा तालिम तथा अनुसन्धानका कार्यहरु पनि सञ्चालन गर्दै आईरहेको छ ।

हाल यस संस्थाले चितवन जिल्लाको भरतपुर महानगरपालिकाको सामुदायिक विद्यालयहरुमा एक अनुसन्धानमूलक परियोजना सञ्चालन गर्दै आईरहेको छ । यस परियोजनाको कार्यक्रम सञ्चालन गर्नका लागि स्थानीय स्तरबाट केहि संख्यामा कर्मचारी आवश्यक परेको हुँदा तल उल्लेखित योग्यता पुगेका व्यक्तिहरूले तोकिएको मिति भित्र आवेदन पेश गर्नहुन अनुरोध गरिन्छ ।

पद:-           अनुसन्धान सहायक

समय अवधि:-   २ वर्ष  (समय अवधि थप गर्न सकिने)

जिल्ला :-        चितवन

आवश्यक संख्या:- १२  जना

भूमिका र जिम्मेवारीहरू :

  • तोकिएका विद्यालय तथा समुदायमा गई अनुसन्धान कार्यका लागि सहभागीहरू छनोट गर्ने र उनीहरूसँग सहमति फारम भराई तथ्याङ्क सङ्कलन गर्ने । अनुसन्धान कार्यलाई नियमित तथा व्यवस्थित गर्नका लागि विद्यालयसँग समन्वय गर्ने ।
  • अनुसन्धान मार्फत सङ्कलित तथ्याङकहरू उच्च गुणस्तरका छन भन्ने कुराको सुनिश्चितता गर्ने ।
  • आवश्यकता अनुसार अनुसन्धान सामग्री तथा प्रश्नावलिहरूको अनुवाद गर्ने तथा अन्तिम रुप दिन अनुसन्धान टोलीलाई सहयोग गर्ने ।
  • अनुसन्धान कार्यलाई नियमित तथा व्यवस्थितरुपमा सञ्चालन गर्नका लागि परियोजना संयोजक, तथा रिसर्च सुपरभाइजरसँगको समन्वयमा रही कार्य गर्ने तथा नियमित जानकारी तथा रिपोर्ट बुझाउने ।
  • अनुसन्धान कार्यलाई नियमित तथा व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि तोकिएका अन्य सम्पूर्ण जिम्मेवारीहरू वहन गर्ने ।

सीप, योग्यता तथा अनुभव :

  • BA, BEd, BPH वा अन्य सम्बन्धित विषयमा अध्ययनरत गरेको वा मान्यता प्राप्त शिक्षण संस्था बाट स्वास्थ्य सम्बन्धी तालिम हाँसिल गरेको ।
  • नेपाली नागरीकताको प्रमाणपत्र भएको ।
  • समुदाय र विद्यालय स्तरमा अध्ययन अनुसन्धान सम्बन्धी अनुभव भएको ।
  • समन्वय तथा सञ्चारको सीप भएको ।
  • आवश्यकता परेको खण्डमा कार्यालय समय बाहेक पनि काम गर्न सक्ने ।
  • जिल्लाको दुर्गम भेगमा काम गर्न सक्ने ।
  • कम्प्युटर र ट्याब्लेट प्रयोग गर्न सक्ने ।
  • संख्यात्मक (quantitative), गुणात्मक (qualitative), र संयुक्त (Mixed) अनुसन्धान विधि सम्बन्धी ज्ञान र अनुभव भएकोलाई प्राथमिकता दिईने छ ।
  • महिलाहरुलाई प्राथमिकता दिईनेछ ।
  • मोटरसाइकल र स्कुटर तथा लाइसेन्स भएकालाई प्राथमिकता दिइनेछ ।

कर्मचारीहरुलाई सर्वप्रथम विषयगत तालिम तथा सीप प्रदान गर्नेछ र सिकेको उक्त सीपका आधारमा उनीहरुले प्रयोगात्मक अभ्यास गर्नेछन् । करिव १ महिना पछि विषयगत सीपको मूल्यांकन गरी १२ जना उतकृष्ट कर्मचारीहरु चयन गरिनेछ)

आवेदन प्रकृया

इच्छुक आवेदकले आवेदन पत्रका साथमा बायोडाटा, अनुभव हाँसिल गरेका प्रमाण पत्र, शैक्षिक प्रमाण पत्र साथै नागरिकताको एक एक प्रति प्रतिलिपिहरू संस्थाको इमेल: hrtponepal@tponepal.org.np मा पेश गर्न सक्नुहुनेछ ।

सम्पर्क व्यक्ति:

सुजन श्रेष्ठ: ९८६०९३७२९३, परियोजना संयोजक

विष्णु लामिछाने: ९८४१७६००३८, रिसर्च सुपरभाइजर

आवेदन फारम बुझाउने अन्तिम मिति: २०८१ माघ ३० गते बेलुकी ५ बजे सम्म (१२ फेब्रुअरी २०२५) तोकिएको मिति भन्दा पछि बुझाइएको आवेदनलाई मान्यता दिइने छैन ।

नोट:- आवश्यक योग्यता पुगि छनोटमा परेका आवेदकहरूलाई मात्र अन्तरवार्ताका लागि बोलाईने छ । कृपया निवेदनमा आफ्नो भरपर्दो सम्पर्क नम्वर तथा ठेगाना समावेश गर्नुहोस् ।

टि. पि. ओ. नेपाल आफ्नो जनशक्ति भित्र विविधता र समावेशीकरणका लागि प्रतिबद्ध छ साथै अल्पसंख्यक, आदिवासी र अपाङ्गता भएका व्यक्तिहरूलाई आवेदन दिन प्रोत्साहित गर्दछ । सबै आवेदनहरूको गोपनीयता कायम गरिनेछ ।  टि. पि. ओ. नेपालले यौन शोषण र दुर्व्यवहार, यौन उत्पीडन र भेदभाव लगायत कुनै पनि प्रकारको उत्पीडन सहन गर्दैन ।