6 months psychosocial counseling training

युनिसेफको सहयोगमा बहुसांस्कृतिक मनोसामाजिक सँस्था नेपाल (टि. पी. ओ. नेपाल) द्वारा संचालन गरिरहेको महिला तथा बालबालिका कार्यालयद्वारा संचालित मनोसामाजिक सहयोग केन्द्र स्थापनार्थ सहयोग कार्यक्रम अन्तर्गत ६ महिने मनोसामाजिक मनोविमर्श तालिम सम्पन्न भएको छ । मिति २०७३/१२/२९ मा सम्पन्न समापन समारोहलाई महिला तथा बालबालिका विभागका महानिर्देशक नरेश कुमार चापागाईले सम्बोधन गर्नु भएको थियो । सामान्य तथा विपतको अवस्थामा महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरूमा मनोसामाजिक समस्या देखा पर्ने र सोको समुदायस्तरबाटै संबोधन गर्ने गरी मनोसामाजिक सहयोग केन्द्र स्थापना गरी कार्य गर्न लागिएको’ ऊहाँले बताउनु भयो । तालिममा १६ जिल्लाका १८ जना महिला सहभागिहरु थिए ।

महिला तथा बालबालिका कार्यलयहरुद्वारा प्रवर्द्धित सहकारी संस्थाहरु मार्फत सञ्चालित मनोसामाजिक सहयोग केन्द्रहरु भूकम्प प्रभावित १४ जिल्ला गोरखा, नुवाकोट, रसुवा, धादिङ्ग, काठमाडौँ, भक्तपुर, ललितपुर, काभे्र, सिन्धुपाल्चोक, रामेछाप, ओखलढुङ्गा, दोलखा, सिन्धुली, मकवानपुर र तनहुँँ, कास्कीमा समेत स्थापना भइसकेको छ । यस तालिमको मुख्य उद्देश्य स्थानीय स्तरमै मनोबिमर्शकर्ताहरु तयार पारी महिला सहकारीहरुद्वारा संचालित मनोसामाजिक सहयोग केन्द्रलाई सुचारु रुपमा सन्चालन गर्नु रहेको छ । यी केन्द्रहरु मार्फत मनोसामाजिक सहयोग आवश्यक भएका व्यक्ति तथा तिनका परिवारलाई मनोसामाजिक सहयोग प्रदान गरिनेछ ।

मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोगलाई व्यवस्थित ढंगले अगाडी बढाउनका लागि समुदायमा आधारित मनोसामाजिक केन्द्रले सघाउ पुर्याउने बिश्वास लिइएको छ । यसले मनोसामामजिक सहयोगलाई सहज रुपमा लिई मानसिक स्वास्थ्य प्रतिको लाञ्छनायुक्त धारणालाई कम गर्ने समेत टि. पी. ओ. नेपालका कार्यकारी व्यवस्थापक श्री सुरज कोईरालाले बताउनुभयो । साथै आपतकालिन अवस्थामा समुदायमा तत्कालै मनोवैज्ञानिक प्राथमिक सहयोगको लागि समेत यी केन्द्रले सहयोग पुर्याउने छन् ।

Head Office
  • Baluwatar, Kathmandu, Nepal
  • G.P.O Box 8974/C.P.C. Box 612
  • +977-01-4537124/4524082
  • [email protected]
Toll Free Number
1660 010 2005
हरेक दिन बिहान ८ बजे देखि साझ ६ बजे सम्म !! COVID-19 को मनोसामाजिक प्रभाव !!

यदि मनसँग सम्बन्धित समस्या भएमा मनोसामाजिक सहयोग तथा परामर्शका लागि यो नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ। NTC बाट यस नम्बरमा फोन गर्दा कुनै शुल्क लाग्दैन।

Every Day From 8 AM to 6 PM COVID-19, Psychosocial Impact !!

Please call this number for psychosocial support and counseling/consultation. You can call this number free of cost from Nepal Telecom network.

Subscribe Us




    Connect With Us